IME Life New

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेरनै बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ६४ अंकले घटेर २,६९६ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज भने कारोबार रकम घटेको हो । आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ९ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । गरिमा समृद्धि योजनाका इकाईधनीले ५ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । याम्बालिङ हाइड्रोका लगानीकर्ताले ४ दशमलव ३९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतितका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS