IME Life New

अर्थले सुधारका योजना ल्याएपछि नेप्सेमा हरियाली, कारोबार रकम पनि बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सुधारका लागि अर्थमन्त्रालयले कार्ययोजना सार्वजनिक गरेपछि मंगलबार नेप्से उच्च अंकले बढेको छ । अर्थले सोमबार पूँजी बजार सुदृढीकरण तथा पुनः उत्थान कार्ययोजना सार्वजनिक गरेको थियो । उक्त कार्ययोजनामा २१ बुँदे नीति अबलम्बन गरिएको छ ।

आज नेप्से परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २,६३३ को बिन्दुमा बन्द भएको हो । आज २६४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३ कम्पनीको शेयर मूल्य घटेको छ ।

Esewa
Crest

आज दिनभरिमा ३४७ कम्पनीको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३१ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९६ प्रतिशतका दरले कमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ११ दशमलव ०३ प्रतिशतका दरले कमाएका छन् । मल्टीपर्पज फाइनान्सका लगानकिर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एभरेष्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ५ दशमलव ५५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS