काठमाडौं । आज साताको दोस्रो दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २० दशलमव ६८ अंकले घटेर २,७५१ को विन्दुमा कायम भएको छ । आज ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३७ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७३ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । गार्डियन माइक्रो लाइफका लगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् ।