काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ९९ अंकले घटेर २,६४० को विन्दुमा कायम भएको छ । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य बढेको छ ।
आज दिनभरिमा ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावर कम्पनीको ६४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४९ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । बुटवल पावर कम्पनी र पियोर इनर्जीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७६ प्रतिशतका दरले गुमाएका हुन् ।

















