IME Life New

अब यूएईमा नेपाली पासपोर्ट हुलाकमार्फत घरमै डेलिभरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा अब नेपाली पासपोर्ट हुलाकमार्फत घरमै डेलिभरी हुने भएको छ।

नेपाली महावाणिज्यदूतावास दुबईले एक सूचना जारी गरेर यस विषयमा जानकारी गराएको हो। अब नयाँ बनेर आएको पासपोर्ट इमिरेट्स पोष्टमार्फत सम्बन्धित आवेदककै ठेगानामा डेलिभरी गर्ने व्यवस्था गरेको छ।

Esewa
Crest

महावाणिज्यदूतावासमा राहदानी लिनकै लागि कार्यालयमा आउन छुट्टी नमिल्ने, समय र यात्रा खर्च हुने भन्दै सेवाग्राहीबाट गुनासा प्राप्त भएको सूचनामा उल्लेख छ। त्यही गुनासालाई सम्बोधन गर्दै हुलाकमार्फत पासपोर्ट नेपालीहरु बसेकै ठाउँमा डेलिभरीको व्यवस्था गरिएको महावाणिज्यदूतावासले जनाएको छ।

अब महावाणिज्यदूतावासबाट पासपोर्ट आवेदन दिने व्यक्तिले बायोमेट्रिक दिने समयमा नै डेलिभरी फाराम भरेर बुझाउनुपर्नेछ। पासपोर्ट बनेर आएपछि डेलिभरीका लागि इमिरेट्स पोस्टलाई दिइनेछ।

डेलिभरीको समयमा सम्बन्धित सेवाग्राहीले इमिरेट्स पोस्टलाई डेलिभरी शुल्क १५ दिराम तथा भ्याटसहित १५.७५ दिराम बुझाउनुपर्नेछ। यो सेवा स्वैच्छिक रहेको महावाणिज्यदूतावासले जनाएको छ।

पासपोर्ट घरमै डेलिभरी आवश्यक पर्ने सेवाग्राहीले मात्रै यो सेवा उपयोग गर्न सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS