काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल मनी विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow” भन्ने नाराका साथ चैत्र ४ देखी १० गतेसम्म वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।
सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो ।
उक्त कार्यक्रमहरु कोशी प्रदेशको धर्मदेवी, बेल्टार, धरान, लिमचुङबुङ, बर्गाछी (बिराटनगर) र दमक, मधेस प्रदेशको राजगढ, लहान, चन्द्रनिगाहापुर, जनकपुर, हरिवन र सिमरा, बागमति प्रदेशको दरबारमार्ग, न्यूरोड रत्ननगर, हाकिमचोक, बट्टार, धादिङ, पाटन, बनेपा र हेटौंडा, गन्डकी प्रदेशको वालिङ, बागलुङ, सिसुवा र पोखरा, लुम्बिनी प्रदेशको पाल्पा, लमही, दाङ, सुनछहारी र भैरहवा, कर्णाली प्रदेशको सुर्खेत, सुदुर पश्चिम प्रदेशको धनगढी, शिबनाथ, अत्तरीया, गन्यापधुरा र महेन्द«नगर लगायतका विभिन्न स्थानहरुमा सञ्चालित कार्यक्रममा पन्ध्र सय भन्दा बढी बालबालिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।