IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा सम्पन्न, दुई सञ्चालक निर्विरोध निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी आज जेठ १६ गते आफ्नो दोेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष आशिष श्रेष्ठको सभापतित्वमा संचालक लतिका गोल्याण, संचालक सिद्धान्त झुनझुनवाला र स्वतन्त्र संचालक बद्री सिग्देल समेतको उपस्थितिमा कम्पनीले साधारण सभा सम्पन्न गरेको हो ।

उक्त साधारण सभामा संस्थापक शेयरधनी, सर्वसाधारण शेयरधनी तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । साथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल, नायब प्रमुख कार्यकारी अधिकृत अनिल गिरी तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

Crest

सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस हुने गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन स्वीकृत गरेको छ । सभाले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गरेको छ ।

सभाले चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा अनुप मालाकार र सुनिता श्रेष्ठ निर्विरोध निर्वाचित गरेको छ ।

सभाले सञ्चालकहरुको बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS