काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।