IME Life New
GBIME

नेको इन्स्योरेन्सको हकप्रद बाँडफाँड, नपरेको शेयरको रकम भोलिदेखि फिर्ता गरिने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेगतेसम्म म्याद थप गरी बिक्री खुला गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो ।

तोकिएको समयावधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई ४८,०५,६४०र२० कित्ता हकप्रद शेयर चैत ३१ गते निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

Crest

हकप्रद शेयर निष्काशन प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको थियो । त्यसकारण माघ १८ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरुका लागि २ अर्व १ करोडको (विद्यमान ४ कित्ता शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर) हुन आउने प्रति शेयर अंकित मूल्य १ सयले ५०,३०,९०१ र ५५ कित्ता हकप्रद शेयर जारी गरेको थियो ।

आफ्नो कायम हक भन्दा बढी शेयर माग गरि दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेको हकप्रद शेयर वापतको रकम भोलि बैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गरिने जनाएको छ ।

साथै, सम्पूर्ण सिआस्वा सदस्यहरुले बाँडफाँडमा नपरेको शेयर वापतको बाँकी रकम सम्बन्धित आवेदकहरुको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले आग्रह गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS