IME Life New

विद्युत प्राधिकरणले अगाडि बढायो पीपीए प्रक्रिया, १० मेगावाट माथि आयोजनालाई निवेदन दिन आह्वान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता (पीपीए) प्रक्रिया अगाडि बढाएको छ।

प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै पीपीए प्रक्रिया अगाडि बढाइएको जनाएको छ। गत चैत १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाटभन्दा बढी क्षमता विभिन्न प्रारुपका जलविद्युत आयोजनाको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधानअनुसार पीपीए प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्राधिकरणले जनाएको छ।

Crest

प्राधिकरण व्यवस्थापनको वैशाख ३० गतेको निर्णयअनुसार अबको ३० दिनभित्र अद्यावधिक विवरण तथा कागजपत्रसहित विद्युत व्यापार विभागमा निवेदन दिन सूचनामा उल्लेख छ।

हितमान शाक्य कार्यकारी निर्देशकमा नियुक्त भएपछि विद्युत प्राधिकरण सञ्चालक समितिको गत चैत १२ गतेको बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो। सोही मार्गचित्रले सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य राखेको छ।

प्राधिकरणले अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनालाई पीपीएका लागि आह्वान गरेको छ। पीपीएको पाइपलाइनमा ५४ वटा आयोजना छन्।

PPA open notice by NEA (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS