IME Life New

एक हजार प्रतिशत लाभांश बाँड्ने बीमा क्षेत्रकै पहिलो कम्पनी बन्यो नेशनल लाइफ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको अग्रणी जीवन बीमा कम्पनीमध्ये एउटा हो। स्थापनादेखि आजसम्म नेसनल लाइफले करिब एक हजार प्रतिशत लाभांश दिन सफल भएको छ। जुन नेपाली जीवन बीमा क्षेत्रमै दुर्लभ र उदाहरणीय उपलब्धि मानिन्छ।

कम्पनीले आर्थिक वर्ष २०४६।४७ देखि शेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ। उक्त वर्ष १० प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले आर्थिक वर्ष २०६२।६३ मा आफ्नो इतिहासकै सर्वाधिक १२६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। सो वर्ष कम्पनीले १२० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Esewa
Crest

कम्पनीले लाभांश वितरण गर्न सुरु गरेदेखि आजसम्म ५६६ प्रतिशत बोनस शेयर ४२१.७० प्रतिशत नगद लाभांश गरी कुल ९८७.७० प्रतिशत लाभांश वितरण गरेको छ।

आर्थिक वर्ष २०८१।८२ मा कम्पनीले ४ प्रतिशत बोनस शेयर र ९.१६ प्रतिशत नगद लाभांश गरी कुल १३.१६ प्रतिशत लाभांश पुस ३० गते आयोजना हुने वार्षिक साधारणसभामार्फत पास गर्दैछ।

आर्थिक वर्ष २०६२।६३ देखि बोनस शेयरमा जोड

कम्पनीले आर्थिक वर्ष २०४६।४७ देखि लाभांश वितरण गर्न थालेकोमा आर्थिक वर्ष २०५९।६० सम्म नगद लाभांशमा धेरै जोड दिएको देखिन्छ। सो अवधिमा कम्पनीले आर्थिक वर्ष २०५०।५१ मा ५०% बोनस शेयर वितरण गरेको थियो। बाँकीका वर्ष कम्पनीले नगद लाभांशमात्र वितरण गरेको थियो । आर्थिक वर्ष २०६२।६३ पछि भने कम्पनीले हरेक लाभांशमा बोनस शेयरलाई स्थान दिएको देखिन्छ।

तीन वर्ष सतप्रतिशतमाथि लाभांश

कम्पनीको लाभांश इतिहासमा तीन आर्थिक वर्ष कम्पनीले सत प्रतिशतभन्दा माथि लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०५९।६० मा कम्पनीले १०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०६२।६३ मा कम्पनीले १२० प्रतिशत बोनस शेयर र ६.३२ प्रतिशत नगद लाभंश गरी जम्मा १२६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो। त्यसको अर्को आर्थिक वर्ष २०६३।६४ मा भने कम्पनीले १०० प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभंश गरी जम्मा १०५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS