काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकबाट गत आर्थिक वर्ष २०८१।८२ मा साढे १८ अर्ब रुपैयाँ बढी शेयर धितो कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ वटा राष्ट्रियस्तरका विकास बैंकले समीक्षा वर्षमा १८ अर्ब ५१ करोड २४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेका हुन्। अघिल्लो वर्ष २०८०।८१ मा यी बैंकहरुले १४ अर्ब ८९ करोड ६ लाख रुपैयाँ शेयर लोन दिएका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा यी बैंकहरुको शेयर लोन प्रवाह २४.३२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्ष राष्ट्रियस्तरका विकास बैंकमध्ये ७ वटा शेयर धितो कर्जा प्रवाह बढेको छ भने एउटाको घटेको छ। सर्वाधिक शेयर लोन दिनेमा मुक्तिनाथ रहेको छ भने वृद्धिदरका हिसाबले गरिमा रहेको छ।
समीक्षा वर्षमा मुक्तिनाथले ३ अर्ब ७२ करोड २३ लाख रुपैयाँ शेयर कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो शीर्षमा बैंकले २ अर्ब ८० करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकको शेयर कर्जा प्रवाह ३२.६८ प्रतिशतले बढेको छ।
दोस्रोमा गरिमा रहेको छ। यो बैंकले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ७७ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा गरिमाको शेयर लोन प्रवाह ७२.३१ प्रतिशतले बढेको छ।
त्यस्तै तेस्रोमा महालक्ष्मी रहेको छ। महालक्ष्मीले समीक्षा वर्षमा २ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ शेयर लोन दिएको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब २५ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा शेयर लोन ४.१० प्रतिशतले बढेको छ।
यसैगरी समीक्षा वर्षमा शाइन रेसुंगाले २ अर्ब ३३ करोड १२ लाख रुपैयाँ, लुम्बिनीले १ अर्ब ९३ करोड ११ लाख रुपैयाँ, कामना सेवाले १ अर्ब ८४ करोड २ लाख रुपैयाँ, ज्योतिले १ अर्ब ७७ करोड १९ लाख रुपैयाँ र सांग्रिलाले १ अर्ब ५१ करोड ९९ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ज्योतिको कर्जा लगानी घटेको छ भने अन्य बैंकहरुको बढेको छ।


















