IME Life New

राष्ट्रियस्तरका विकास बैंकको पौने २२%ले बढ्यो नाफा, माघसम्म कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले सवा ३ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माघसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २१.६९ प्रतिशतले बढेको छ।

Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन विकास बैंकमा गरिमा रहेको छ। यो बैंकले माघसम्म ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.४३ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको माघसम्म मुक्तिनाथ ६२ करोड ९५ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.२५ प्रतिशतले बढेको छ।

नाफा आर्जनको हिसाबले शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष माघसम्म ४३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ४४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.१७ प्रतिशतले बढेको छ।

यसैगरी माघसम्म कामना सेवाले ४१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मीले ३३ करोड ५३ लाख रुपैयाँ, ज्योतिले ३० करोड ५१ लाख रुपैयाँ, सांग्रिलाले २६ करोड २१ लाख रुपैयाँ र लुम्बिनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ३२.७६ प्रतिशत, महालक्ष्मीको ०.३८ प्रतिशत, ज्योतिको ७१.७६ प्रतिशत, सांग्रिलाको ६९.२१ प्रतिशत र लुम्बिनीको ९.२० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS