IME Life New

नवनियुक्त कर्मचारीलाई मेरो माइक्रोफाइनान्सको तालिम

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडद्वारा सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट विभिन्न प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त कनिष्ठ सहायक ३६ जना कर्मचारीहरुलाई ३ दिने पूर्व सेवाकालीन तालिम काठमाडौँमा सम्पन्न गरेको छ ।

कर्मचारीहरुलाई संस्था सम्बन्धी कामहरु, नीति– नियमको बारेमा जनकारी गराउने उदेश्यले दिइएको संस्थाले जनाएको छ ।

Crest

समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस तालिमले लघुबित्तको काम प्रतिको ज्ञान बढाउनुका साथै काम गर्ने दौरानमा कामप्रति सकारात्मकता र सेवाभाव झल्कनु पर्ने बताए । त्यस्तै जनताको असल सेवक बनेर बजारमा खरो रुपमा उत्रनु पर्ने समेत बताए ।

कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहाल, वरिष्ठ प्रबन्धक राजु प्रसाद पुडासैनी, जनशक्ति तथा प्रशासन बिभागका प्रमुख सेर बहादुर गुरुङ, राम कुमार सुवेदी तथा केन्द्रीय कार्यालयकर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिम संस्थाका तालिम बिभागका प्रमुख उमेश मान डङ्गोलले सहजीकरण गरेका थिए ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेड देशभर १४९ शाखा कार्यालयहरु, २४ अनुगमन कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS