IME Life New

लिबर्टी माइक्रो लाइफको अधिकांश सूचकमा बृद्धि, यस्ता छन् वित्तीय सूचक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ ।

५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा १७ लाख ११ हजार रुपैयाँ रहेको छ । रिडेन्ड अर्निङमा १ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा १६ लाख ४६ हजार हजार रुपैयाँ रहेको छ ।

Crest

यस अवधिमा कम्पनीले १२ करोड १७ लाख ९१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड २ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुद बीमाशुल्क १०९२ प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत १ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३ लाख ४१ हजार रुपैयाँ खर्चिएको थियो ।

यस अवधिसम्ममा कम्पनीले १० करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९८ लाख ७१ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क ९६६ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा कम्पनीले ८९ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८७ लाख ४२ हजार नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १ दशलमव ९९ प्रतिशतले बढी हो । कम्पनीको जीवन बीमा कोष ७ करोड २० लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS