IME Life New

चीनको वृद्धावस्था बीमामा १ अर्ब बढी मानिस आबद्ध

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेकी मुलुक चीनको वृद्धावस्था बीमामा १ अर्ब बढी मानिस आबद्ध भएका छन्।

चीनको नागरिक मन्त्रालय र उमेरसम्बन्धी राष्ट्रिय समितिको कार्यालयको तथ्यांकअनुसार सन् २०२४ को अन्तिमसम्ममा १ अर्ब ७ करोड मानिस वृद्धावस्था बीमामा आबद्ध भएका छन्। यो संख्या अघिल्लो वर्ष २०२३ तुलनामा ६३ करोड ९० लाखले बढी हो। पछिल्लो एक वर्षमा यस बीमा योजनामा ग्रामीण र उद्यम कर्मचारीहरुको आबद्धता पनि बढेको देखिएको छ।

Crest

वर्ष २०२४ सम्म चीनमा ६० र ६५ वर्ष मुनिको जनसंख्या ३१ करोड ३ लाख र ६५ वर्षदेखि बढी उमेरका जनसंख्या २२ करोड २ लाख रहेको तथ्यांक रहेको छ। जुन कुल जनसंख्याको क्रमशः २२ प्रतिशत र १५.६ प्रतिशत हो। चीन औसत आयु ७९ वर्ष रहेको छ।

चीनमा वृद्धवृद्धाले पाउने सुविधा बढाइएको छ। उनीहरुको उपचार सेवाका लागि करिब ४ लाख ६ हजार स्वास्थ्य संस्थामा ७९ लाख ९० हजार शय्या उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS