IME Life New

मौद्रिक नीतिः ब्याजरदर करिडोरको माथिल्लो र तल्लो सीमा घट्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घटाएको छ।

गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्ष २०८२।८३ को वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरको माथिल्लो र तल्लो सीमा घटाइएको जानकारी गराएका हुन्। उनले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन्।

Crest

गभर्नर पौडेलका अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमालाई बैंक दर घटाएर ६ प्रतिशत कायम गरिएको छ। यसअघि ६.५ प्रतिशत थियो।

यसैगरी ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई घटाएर २.७५ प्रतिशत कायम गरिएको छ। यसअघि ३ प्रतिशत रहेको थियो।

त्यस्तै नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS