काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन्।
आज मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन्। घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा तत्कालीन सरकारसँग विवाद हुँदै आएको थियो।
बक्यौता उठाउने मुद्दाकै विषयमा तत्कालीन सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो।

















