काठमाडौं । लघु बीमाको विस्तारका लागि माइक्रो इन्स्योरेन्स नेटवर्कले सरोकारवालाहरूलाई सुझावको फेहरिस्त जारी गरेको छ। माइक्रो इन्स्योरेन्स नेटवर्कले प्रकाशन गरेको वार्षिक प्रतिवेदन द ल्याण्डस्केप अफ माइक्रो इन्स्योरेन्समा बीमक, बीमा नियामक, अन्तर्राष्ट्रय विकासे संस्था र दातृ निकायको भूमिकाको बारेमा उल्लेख गरिएको छ।
बीमक र वितरकको भूमिकाः
- संख्या र नाफामा प्रतिफल प्राप्त गर्न दीर्घकालका लागि लघु बीमाको विकासमा लगानी
- सफलताको महत्वपूर्ण कडी मानिने माइक्रो इन्स्योरेन्सको ग्राहक पहिचानबाट शुरूवात गर्ने
- दैनिक जीवनमा ग्राहकले सामना गर्ने जलवायू परिवर्तन, सम्पत्ति र आय जोखिम लगायतका जोखिम सम्बोधन हुने गरी बीमालेख र सेवामा विविधिकरण
- हालको लागि लघु स्वास्थ्य बीमामा केन्द्रित हुँदै क्रमशः लाभ विस्तार गर्दै जाने
- लागत घटाउन प्रविधिको प्रयोगसँगै अझै बढी ग्राहक केन्द्रित भएर सञ्चालनमा सुधार गर्ने
- ग्राहक मूल्य र बीमालेख विस्तारका लागि महत्वपूर्ण मानिने दाबी भुक्तानी अनुपातमा सुधार गर्ने
- बीमा क्षेत्रले सामूहिकरूपमा लघु बीमा बजारको विकास गर्ने
- जलवायू जोखिमलगायतका उच्च जोखिम भएका क्षेत्रको लागि सार्वजनिक निजी कार्यक्रम वा अन्य बीमकसँगको सहकार्यकमा जोखिम बाँडफाँड गर्ने र अनुभव साट्ने
- लैङ्गिक विभाजनका आधारमा तथ्यांक संकलन गर्ने, महिला केन्द्रित बीमालेख तयार पार्ने र महिलासम्म पहुँचका लागि वितरण माध्यमसँग सहकार्य गर्ने
सरकार बीमा नियामक र सुपरिवेक्षकहरूको भूमिकाः
- राष्ट्रिय वित्तीय समावेशिता र महाविपत्ती जोखिम वित्तीयकरण नीतिमा लघु बीमालाई केन्द्र बिन्दुका रूपमा समावेश गर्ने
- बजार विकासका लागि विशिष्ट र समावेशी लघु बीमा निर्देशिकाहरूको कार्यान्वयन
- लघु बीमाको विकासलाई सहजीकरण गर्न पुरक सार्वजनिक नीति जस्तै कर, तथ्यांक सुरक्षा र डिजिटल स्वास्थ्य प्रावधानलगायतका जटिल प्रावधानहरूमा सुधार गर्ने
- बीमालाइ समेत समावेश गरी वित्तीय चेतना र जोखिम व्यवस्थापन संस्कृतिको विकास गर्ने
- लघु बीमाको बिस्तार र जोखिमपूर्ण समुदायसम्म पहुँचका लागि सरकार निजी क्षेत्रबीच सहकार्य कार्यान्वयन गराउने
- जलवायू जोखिम सहितका जोखिमहरूको बीमाका लागि रकम खर्च गर्न नसक्ने न्यून आय भएका घरपरिवारका लागि अनुदान वृद्धि गर्ने
- न्यून आय भएका घर परिवारलाई सुदृढ लघु बीमा योजना पुर्याउन बजार प्रतिस्पर्धा बढाउन तथ्यांक प्रणालीमा सुधार र सहकार्य
- सुपरिवेक्षकलाई उपलब्ध गराइने तथ्यांकमा लैङ्गिक तथ्यांकको अनिवार्यता
अन्तर्राष्ट्रय नियोग र विकासे संस्थाको भूमिकाः
- विकास र लचिलोपन रणनीति र कार्यान्वयनमा बीमालाई एकीकृत गर्न सरकारहरूसँग सहकार्य।
- देशको लागि उत्तम सुरक्षा प्रदान गर्न लघु र बृहद बीमालाई एकीकरण।
- दीर्घकालीन प्रयासको रूपमा लघु बीमा नियमलाई समर्थन गर्ने सहित बीमा बजारहरू विकास गर्न प्रतिबद्धता
- सार्वजनिक-निजी कार्यक्रमहरूलाई प्रवर्द्धन,
- विशेष गरी उच्च माग भएका क्षेत्रहरूमा, जस्तै स्वास्थ्य र जलवायु जोखिमहरू दोहोरिनेबाट बच्न समन्वय सुधार र प्रभाव वृद्धि।
- चुनौती कोष जस्ता संयन्त्रहरू मार्फत बीमा नवप्रवर्तनलाई प्रोत्साहन।
- विकास उद्देश्यहरूमा बीमाको योगदान प्रदर्शन गर्ने अनुसन्धान र प्रमाण निर्माणमा योगदान।
दातृ निकायको भूमिकाः
- गरिबी न्यूनीकरण, जलवायु कार्य, लचिलोपन, स्वास्थ्य, लैङ्गिक समानता र साना व्यवसाय विकास रणनीतिहरूमा लघु बीमालाई प्रमुख उपकरणको रूपमा प्राथमिकता
- देशहरू र जनसंख्यालाई वित्तीय जोखिम राम्रोसँग व्यवस्थापन गर्न सहजीकरणका लागि सहयोग कोषको वृद्धि।
- लघु बीमा विस्तार हुन नसकेका मुलुकहरूमा लघु बीमाको विकासलाई समर्थन।
- लैङ्गिक विभाजनमा आधारित तथ्यांक संकलनलाई समर्थन
- जिम्मेवारपूर्णरूपमा लघु बीमाका लागि अनुदानको वृद्धि
- जलवायू जोखिम सहित वृहद जोखिम सम्बोधन गर्ने गरी बीमा कार्यक्रममा वित्तीयकरण
माइक्रो इन्स्योरेन्स नेटवर्क लघु बीमाको विस्तार गर्ने उद्देश्यले अस्तित्वमा आएको वैश्विक संस्था हो । यसले लघु बीमाको प्रवर्द्धनका लागि विभिन्न संस्थाहरूसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

















