IME Life New

बीमा जोखिम हस्तान्तरण गर्ने बोलियो माध्यम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा भन्नेबित्तिकै जोखिम हस्तान्तरणको एउटा बोलियो माध्यम हो भनेर बुझिन्छ। तर, पछिल्लो समय बीमालाई पनि बोनसदरसँग तुलना गरेको थुप्रै उदाहरण भेटिन्छन्। कुनै एक अभिकर्ताले बीमाको प्रस्ताव कसैलाई गर्ने बित्तिकै उनीहरुको प्रश्न हुन्छ, ‘कति छ बोनसदर ?’ तर, वास्तवमा भन्ने हो भने बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो।

बीमाले धन सम्पत्ति र मानव जीवनको रक्षावरण गर्दछ। त्यसैले बीमामा बोनसभन्दा पनि जोखिमको कभरेज हेर्नु उपयुक्त हुन्छ। जसरी बैंकमा पैसा राख्दा ब्याज पाइन्छ। त्यसैगरी बीमा कम्पनीमा पनि बोनस अवश्य पनि पाइन्छ। अझै भन्दा बीमाले त दोहोरो भूमिकामा फाइदा दिएको हुन्छ।

Esewa
Crest

एकातिर बीमाले मानव जीवन तथा भौतिक सम्पत्तिको जोखिम कभर गरेको हुन्छ भने अर्कोतिर बचतका साथै निर्धारित बोनसदर अनुसार बीमा अवधि पूरा भएपछि एकमुष्ठ रकम फिर्तासमेत पाइन्छ। त्यसकारण बीमा गर्दा बोनसदरलाई भन्दा पनि रक्षावरणलाई मध्यजनर गरी बीमा गर्नु आवश्यक छ।

पछिल्लो समय बीमा प्रस्तावकहरुले बीमा गराउनका लागि ग्राहकसमक्ष जाँदा बीमा गर्नुको फाइदा नरहेको समेत तर्क दिने गरेका छन्। बैंकमा एकमुष्ठ रकम राख्दा मासिक रुपमा बैंकले दिने ब्याजदर र बीमा कम्पनीहरुले दिने बोनसदर दुवैलाई तुलना गरेर विभिन्न तर्क–वितर्क गर्ने धेरै मानिस पनि पाइन्छ। उनीहरुको नजरमा बीमा कम्पनीले दिने बोनसदरभन्दा बैंकले दिने निक्षेपको ब्याजदर नै उचित रहेको छ। यसकारण पनि बीमितहरुले बीमा गर्दा बैंकले दिने ब्याजदरजस्तै बीमा कम्पनीले दिने बोनसदरमा समानता खोज्छन्।

यता बैंकमा पैसा राख्दा निक्षेपकर्ताले राखेको रकमका आधारमा ब्याजदरमात्रै प्राप्त गर्ने गर्दछन्। तर, बीमा कम्पनीहरुमा बीमा गराउँदा बोनसदरका साथै विभिन्न सेवा–सुविधालगायत जोखिम बहन, बोनसदरसहित एकमुष्ठ रकम फिर्ता पाइने गर्दछ। बीमा गर्दा बोनसदरलाई भन्दा पनि जोखिम बहनका लागि बीमा गर्नु आवश्यक छ।

बीमाले हरेक उमेर, तह र तप्काको मानिसलाई समेटेको हुन्छ। बीमा गर्नका लागि कुनै उमेरहद तोकिएको हुँदैन। आयस्रोतअनुसार आफूले तिर्न सक्ने प्रिमियमका आधारमा बीमा गर्न सकिन्छ। मानिसको जीवन अनिश्चित हुन्छ। कुन समयमा जोखिम वा भवितव्य आइपर्न सक्छ थाहा हुँदैन। यही मानिसको जीवनमा आउने विभिन्न जोखिम तथा अनिश्चिततालाई ध्यानमा राख्दै जीवन बीमा सबैका लागि अतिआवश्यक कुरा हो।

पछिल्लो समय मानिसले बीमा गर्नका लागि राम्रो बोनसदर खोज्ने गरेको पाइन्छ। तर, बीमा गर्दा बोनसदरलाई भन्दा पनि जोखिम बहनलाई मध्यनजर गर्दै बीमा गर्नु उपयुक्त मानिन्छ। बीमा भनेकै जोखिम हस्तान्तरण हो। बीमा भनेकै भविष्यमा आउने संकटलाई सामना गर्ने उपयुक्त माध्यम हो।

मानिसको जीवनमा हरेक परिस्थितिमा उतारचढाव आइरहेको हुन्छ। कुनै पनि जोखिम मानिसको जीवनमा बाजा बजाएर सुझाव दिएर आउँदैन। त्यसकारण बीमा गर्दा बोनसदरलाई हेरेर गर्नुभन्दा पनि भविष्यमा आउने जोखिम बहनलाई हेरेर बीमा गर्दा उचित हुन्छ। भविष्यमा आउने जोखिम र चुनौतीलाई सामना गर्न बीमा सबैका लागि अपरिहार्य छ। त्यसकारण बोनसदरलाई भन्दा पनि जोखिम कभरलाई ध्यानमा राखेर सबैले बीमा गर्नु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS