काठमाडौं । जेठ १३ गते मंगलबार नेप्से परिसूचक २६७५.६२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ०।८५ अंकले बढेको छ।
६ अर्ब ५२ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ६७ करोड ७५ लाखको कारोबार भएको छ जसमा ३८ करोड २९ लाखको खरिद छ भने २९ करोड ४६ लाखको बिक्री भएको छ । त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४२ बाट २५ करोड ३६ लाखको खरिद छ भने २४ करोड ६१ लाखको बिक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् ।


















