काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खान अयोग्य साई कृपा गोल्ड चिया बजारबाट फिर्ता मगाउन उत्पादकलाई निर्देशन दिएको छ।
उक्त चिया दूषित पाइएपछि उत्पादक साई कृपा चिया उद्योगलाई बजारबाट फिर्ता मगाउन विभागले निर्देशन दिएको हो। १००० ग्रामको ब्याच नं. ८३.डी.०५ का सबै चिया फिर्ता मगाउन उद्योगलाई भनिएको छ।
विभागले उक्त चियाको नमुना प्रयोगशालामा परीक्षण गर्दा दूषित (खान अयोग्य) भएको पाएको थियो। त्यसपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम उक्त चिया बजारबाट फिर्ता मगाउन उत्पादकलाई निर्देशन दिएको हो।












