IME Life New

मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा कार्यालय स्थानान्तरण

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । कम्पनीको हालको काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडबाट ग्राहक महानुभावहरूको सहजतालाई मध्येनज़र गर्दै साउन ४ गते आईतबारदेखि उक्त शाखा कार्यालय हाल रहेको स्थान भन्दा करिब ५० मिटर उत्तर तर्फ काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २२, खिचापोखरी, न्यूरोडमा स्थानान्तरण भई सेवा प्रवाह सुरू भएको छ ।

स्थानान्तरित शाखाको समुद्घाटन फाइनान्सका संचालक समितिका अधक्ष्य सुमन प्रसाद अधिकारीबाट भएको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखी शाखाको स्थानान्तरण गरिएको शाखाकी प्रबन्धक सन्जीब श्रेष्ठले जानकारी दिए ।

Crest

हालसम्म करिब २३ अर्ब निक्षेप संकलन गरि करिब १८.८ अर्ब कर्जा परिचालन गरेको यसे मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।

फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ्र हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS