IME Life New

खेतमा धाँजा फाट्न थालेपछि प्रदेश सरकारद्वारा मधेश प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेशमा वर्षाको माैसममा समेत पानी नपरेपछि प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहतका लागि संघीय सरकारसँग गुहार मागेको छ।

मधेश प्रदेश सरकार मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

Esewa
Crest

वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुँदा प्रमुख अन्नबाली धान रोपाईमा समस्या उत्पन्न भएपछि बहुसंख्यक कृषक परिवारलाई मध्यनजर गर्दै प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो। बैठकले सुख्खाग्रस्तका किसानको राहतका लागि विशेष प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह पनि गरेको छ ।

किसानले यसवर्ष पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्नुपर्ने क्षेत्रमा धानबाली रोपाइ गर्न पाएका छैनन् । धान रोपिएका खेतमा पनि धाँजा फाट्न थालेको छ ।

यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गर्ने निर्णय गरेको हो ।

यसका साथै, पर्साको वीरगञ्जसहित विभिन्न स्थानमा देखिएको खानेपानी सङ्कट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS