IME Life New

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, ईपीएसमा उल्लेख्य सुधार, ९% बढी लाभांश क्षमता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढेको छ।

Crest

समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड २९ लाख रुपैयाँ रहेको छ। समीक्षा वर्षमा बैंकको लाभांश वितरण गर्ने क्षमता ९.२३ प्रतिशत देखिएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ३ अर्ब ३३ करोड २ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६६ करोड ५८ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ९९.९१ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १५.४१ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः १ अर्ब ७ करोड २९ लाख रुपैयाँ र ६ अर्ब ३१ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३५ करोड ९८ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भमा भने ५ अर्ब ८२ करोड १२ लाख रुपैयाँ थियो।

समीक्षा वर्षमा बैंकले १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ६३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ५८ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ३.८३ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.८६ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १७.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ८.९९ रुपैयाँमा सीमित थियो। पीई रेसियो १४.९९ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६३.०८ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS