IME Life New

माछापुच्छ्रे बैंकको साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । माछापुच्छ्रे बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कास्कीको पोखरास्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ८ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ४ प्रतिशतले हुन आउने ४६ करोड ४८ लाख ५४ हजार २९०.९२ रुपैयाँबराबरको बोनस शेयर र ४६ करोड ४८ लाख ५४ हजार २९०।९२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) छन्।

Crest

सभाले १०० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ८.२५ प्रतिशतको माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । बैंकको अधिकृत पुँजी १५ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

बैंकको विशेष प्रस्तावमा बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने र त्यसमा नियमनकारी निकायबाट प्रस्ताव रायसुझावबमोजिम गर्न सञ्चालक समितिका पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट रिक्त सञ्चालक पदमा सञ्चालक समितिले साबिक सञ्चालकको बाँकी कार्यकालका गरेको सञ्चालकको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS