IME Life New

माबिलुङ इनर्जीको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माबिलुङ इनर्जीको आइपीओ आज भदौ ८ गते बाँडफाँट गरिएको छ।

माबिलुङको आइपीओ धितोपत्र बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा राखिएको थियो। आइपीओ बाँडफाँट साढे ९ गते गरिएको हो।

Esewa
Crest

कम्पनीले साउन २६ गतेदेखि साउन २९ गतेसम्म सर्वसाधारणका लािग १०० रुपैयाँ अंकित दरको कुल १२ लाख ४८ हजार ९०४ कित्ता शेयर बिक्री खुला गरेको थियो। यो आइपीओमा २२ लाख ५ हजार ८७१ आवेदकबाट कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता शेयर माग भएको थियो।

कुल आवेदकमध्ये २१ लाख ९७ हजार ५८२ जनाबाट माग भएको २ करोड ४४ लाख १२ हजार १७० कित्ता शेयर सदर भएको छ भने बाँकी ८ हजार २८९ जनाबाट माग भएको १ लाख ३६० कित्ता शेयर बदर भएको थियो। मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी १ लाख २४ हजार ८९० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदकमध्ये थप ४ जनाले १–१ कित्ताका दरले शेयर पाएका छन्।

बाँडफाँटको नतिजाबमोजिम सदर आवेदकमध्ये २० लाख ७२ हजार ६९२ जनाको हात खाली भएको छ।

यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र जारी गर्ने कम्पनीको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS