IME Life New

दशैंमा दीर्घकालीन उपहार ‘जीवन बीमा पोलिसी’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एकजना अभिकर्ता शाखामा आएर हतारिँदै ‘सर ! मलाई २० वटाजति बीमा प्रस्ताव फारम दिनुपर्यो। अब दसैँको नि घर–आँगनमा आइसक्यो’ भने। शाखामा अपरेसन विभागका साथीहरुले ‘यति धेरै प्रस्ताव फारम किन ? दसैँमा घर जाँदा गाउँभरिका मानिसलाई बीमा गराएर जीवन सुरक्षित गराउन लाग्नुभयो कि के हो ?’ भनेर सोधे। अनि ती अभिकर्ताले हास्दै प्रतिउतर दिए, ‘दसैँ आउन लाग्यो, मैले यो चोटि आशीर्वाद थाप्न जाँदा उहाँँहरुलाई कोशेलीका रुपमा कम्तीमा ५ लाखको जीवन बीमा उपहारस्वरुप लिएर जान आँटेको छु।’

‘धेरै मानिस फलफूल, मिठाइ तथा लत्ताकपडा लिएर जान्छन्। त्यो सबै कुरा क्षणिक समयका उपहार हुन्। हामी अलिक बौद्धिकतास्वरुप समयानूकुल माथि उठ्नुपर्छ’, ती अभिकर्ताले भने, ‘हाम्रा आफन्तलाई उनीहरुको आर्थिक क्षमतानुसार बीमा बुझाएर बीमा दिन सक्यौँ भने उनीहरुले पुनः आफ्नो क्षमतानुसार पनि जीवन बीमा गर्छन् र यो उपहार पनि दीर्घकालीन उपहारस्वरुप समाजमा एक उदाहरणीय काम हुन्छ।
जीवन बीमा एक मानिसको बीमामात्र नभई यो एक परिवारको आम्दानीको बीमा पनि हो। नेपालको परिप्रेक्षमा हेर्ने हो भने सामान्यतया ८० प्रतिशतभन्दा बढीको परिवारको आम्दानीको स्रोत मुख्य व्यक्ति एकजना रहेको हुन्छ। एक व्यक्तिको आम्दानीबाट सम्पूर्ण घरपरिवार चलिरहेको हुन्छ। यदि उक्त आम्दानी गर्ने मुख्य व्यक्तिलाई कथंकदाचित केही भएमा सिंगो परिवारको आम्दानीको पनि स्रोत नै बन्द हुन्छ।

Esewa
Crest

तसर्थ, वित्तीय स्थायित्वका लागि, समृद्धि परिवारको स्थापनाका लागि जीवन बीमा आवश्यक छ। तसर्थ, आफ्नो परिवार, नातागोता, इष्टमित्र, बन्धुबान्धवको सधैँभरि वित्तीय स्थायित्व भइरहोस्, पारिवारिक सुख–शान्ति स्थापना भइरहोस् भन्नका लागि ‘एक घर एक जीवन बीमा’ हुनु अपरिहार्य रहेको छ।

हामी दसैँमा दीर्घायु, सुख, शान्ति, समृद्धिको आशीर्वाद थाप्छौँ। त्यसक्रममा दीर्घकालीन कोशेलीका रुपमा बीमा लिएर गयौँ भने सुनमा सुगन्ध हुन्छ।

नेपालमा जीवन बीमा कम्पनीहरुले आफ्नो सेवा र सुविधालाई बढोत्तरी गरी हिजो मानिस मर्दामात्र पाइने भन्ने बीमाप्रतिको भ्रमलाई चिरेको छ। आज आएर घातक रोगहरु लागेमा उपचार खर्च सुविधा पाइने, दुर्घटनाबाट पूर्ण अशक्त भएका मासिक रुपमा अशक्त भत्तास्वरुप घर खर्चलाई सहजीकरण गर्न सुविधा प्रदान गर्ने काम बीमा गर्छ।

व्यक्तिगत दुर्घटना भएमा तुरुन्त उपचार खर्च सुविधा उपलब्ध गराउनेजस्ता धेरै सुविधा नेपाली बीमा कम्पनीले प्रदान गर्दै आएका छन्।
मानिसको जीवन अमूल्य रहेको छ। त्यही अमूल्य जीवनलाई अझ मूल्यवान बनाउन जीबन बीमा अपरिहार्य बनेको छ। हिजोआज जीवन बीमा मानिसका अनिवार्य आवश्यकता गाँस, बास, कपासपछिको मुख्य आवश्यकताका रुपमा जीबन बीमा भइसकेको छ। तसर्थ, यसलाई खर्चका रुपमा मान्नुभन्दा दैनिक उपभोग्य वस्तुसरह सम्झी व्यवस्थापन गर्नुपर्दछ र आफ्नो परिवारको क्षमताअनुसार जीवन बीमा गर्नुपर्छ।
जीबन बीमाले बचतको साथै आर्थिक जोखिम बहन गर्दछ। साथै, छरिएर रहेको मुद्दालाई संकलन गरी देशको बिकासमा लगानी गर्दछ। जसले देशमा रोजगारी सिर्जनाका साथै देशलाई उन्नतितर्फ लग्दछ।

तसर्थ, नेपालीको महान चाड विजयादशमी हाम्रो घरआँगनमा भित्रिसकेको छ। एक–अर्काको सम्मान र आफन्तमा आशीर्वाद आदान–प्रदानका रुपमा यो चाडलाई विशेष महत्वका रुपमा मान्ने प्रचलन छ। त्यसैगरी, एक परिवार र अर्को परिवारमा आपसी सहिष्णुता, भातृत्व स्थापित गर्न आशीर्वाद थाप्ने प्रचलन रहिआएको छ। सोही आशीर्वाद थाप्ने क्रममा केही कोशेली फलफूल, मिठाइ, लत्ताकपडा इच्छानुसारको लिएर जाने प्रचलन पहिलेदेखि नै चलिआएको परम्परा हामीमाझ छ। यही परम्परा र संस्कृतिको जगेर्ना गर्दै दीर्घकालीन उपहारका रुपमा जीवन उपयोगी, जीबन बीमा उपहारस्वरुप दिन सकिए यसले सदैव पारिवारिक आर्थिक स्थायित्व, आर्थिक जोखिम बहनका साथै पारिवारिक शान्ति पनि स्थापना गर्ने हुँदा नयाँ सोच र विचारको थालनी गर्नुपर्ने आजको आवश्यकता रहेको छ।

लेखकः सन्तोष आचार्य हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड प्रादेशिक कार्यालय विराटनगरका प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS