काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको करिब सवा ४ लाख कित्ता शेयरको लकइन सकिन लागेको छ।
संस्थाको सूचना जारी गर्दै संस्थाका संस्थापक र कर्मचारीको गरी कुल ४ लाख २३ हजार २८१ कित्ता शेयरको लकइन आउँदो वैशाख ८ गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयरधनीको ४ लाख २० हजार कित्ता र कर्मचारीको ३ हजार २८१ कित्ता शेयर रहेको छ।
उपकार लघुवित्तले २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म आइपीओ बिक्री खुला गरेको छ। यो आइपीओको बाँडफाँट २०७९ वैशाख ९ गते गरिएको थियो।
धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार कुनै पनि कम्पनीका संस्थापक, स्थानीय र कर्मचारीको साधारण शेयर आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइनमा राख्नुपर्ने व्यवस्था रहेको छ।