IME Life New

बैंकमा तरलता फालाफाल, सीडी रेसियो ७६% तल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार सोमबारसम्म ७३ खर्ब ६ अर्ब रुपैयाँ रहेको निक्षेप मंगलबार (चैत ३१ गते)सम्म ७३ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो।

त्यस्तै सोमबारसम्म कर्जा प्रवाह ५६ खर्ब २५ अर्ब रुपैयाँ रहेकोमा मंगलबार ५६ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ। एकैदिनमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले वृद्धि भएको छ।

Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ६५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ भने वाणिज्य बैंकबाट ५० खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

बैंकहरुको औसत सीडी रेसियो घट्दै ७५.८९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ७६.०४ प्रतिशत थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS