IME Life New

जीवन बीमकले ८ महिनामा उठाए साढे ८५ अर्ब बढी नवीकरण बीमाशुल्क, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म जीवन बीमा कम्पनीहरुले बीमा नवीकरण गरेर साढे ८५ अर्ब रुपैयाँ बढी रकम उठाएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले फागुनसम्म ८५ अर्ब ६१ करोड ९३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको नवीकरण बीमाशुल्क ७.२० प्रतिशतले बढेको छ।

Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढेको छ भने २ वटाको घटेको छ। सबैभन्दा धेरै नवीकरण बीमाशुल्क उठाउनेमा नेपाल लाइफ रहेको छ भने वृद्धिदरका हिसाबले रिलायबल नेपाल लाइफ अगाडि रहेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म नेपाल लाइफले २३ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २२ अर्ब ५ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ८.४७ प्रतिशतले बढेको छ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) रहेको छ। चालु वर्षको फागुनसम्म एलआईसी नेपालले १० अर्ब ८४ करोड २२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १० अर्ब २२ करोड ४६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नवीकरण बीमाशुल्क ६.०४ प्रतिशतले बढेको छ।

तेस्रो धेरै नवीकरण बीमाशुल्क संकलन गर्नेमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष फागुनसम्म कम्पनीले ८ अर्ब ७० करोड २७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा १६.८८ प्रतिशतले बढेर १० अर्ब १७ करोड १५ लाख रुपैयाँ संकलन भएको छ।

यसैगरी चालु वर्षको फागुनसम्म हिमालयन लाइफले ९ अर्ब ५५ करोड ५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब ९६ करोड ९ लाख रुपैयाँ र एसियन लाइफले ४ अर्ब ४७ करोड ६२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको २.४२ प्रतिशतले बढ्दा सूर्यज्योति लाइफको १३.५८ प्रतिशत र एसियन लाइफको ८.७८ प्रतिशतले बढेको छ।

त्यस्तै फागुनसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब १६ करोड ४४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३ अर्ब ११ करोड ७७ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब ३ करोड ७५ लाख रुपैयाँ, आइएमई लाइफले २ अर्ब ३१ करोड १५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २ अर्ब २९ करोड ७ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ अर्ब १७ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ७६ करोड १७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क संकलन गरेका छन्। अघिल्लो वर्षको तुलनामा राष्ट्रिय जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क २०.८८ प्रतिशतले घट्दा सिटिजन लाइफको २०.०३ प्रतिशत, सानिमा रिलायन्स लाइफको १०.७६ प्रतिशत, मेटलाइफको ८.०८ प्रतिशत, आइएमई लाइफको १८.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको २२.४५ प्रतिशत र सन नेपाल लाइफको १०.४० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS