काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल १ खर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३४ लाख ४६ हजार ७९२ वटा बीमा पोलिसी बिक्री गरी १ खर्ब ८ अर्ब ७१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हुन् ।
यस अवधिसम्ममा सबैन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २९ अर्ब ३९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफले १३ अर्ब ६२ करोड कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले ११ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ५ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले ३ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ७० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।