IME Life New

जिम्मेवारबोध भई सामाजिक सञ्जाल प्रयोग गरौँः साइबर ब्युरो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले जिम्मेवारबोध भई सामाजिक सञ्जाल प्रयोग गर्न आग्रह गरेको छ।

साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी समस्यामा पर्न सक्ने र जसको परिणामस्वरुप कानुनी झमेलाको समेत गर्नुपर्ने हुन सक्छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले सामाजिक जिम्मेवारबोध गरी सम्मानका साथ सामाजिक सञ्जालको प्रयोग गर्न अनुरोध छ।’

Esewa
Crest

पछिल्लो समय सामाजिक सञ्जालहरु तथा डिजिटल प्लेटफर्ममार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्तिहरु पोस्ट गर्ने र भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेकोप्रति साइबर ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ। ‘यस किसिमका अभिव्यक्तिहरुले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्था समेत गम्भीर असर पुर्याउन सक्ने भएकोले त्यस्ता गतिविधिहरुलाई प्रोत्साहन नगर्न नगराउन साथै त्यस्ता विषयसँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालमा शेअरसमेत नगर्न हुन अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS