काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ।
कम्पनी सञ्चलाक समितिको बैठकले उक्त आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७४ लाख ५९ हजार ६७५ रुपैयाँको कुल १८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा बोनस शेयर १८ प्रतिशत र कर प्रयोजनार्थ ०.९४७४ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी १५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।












