IME Life New

कुमारी बैंक ‘भिसा लिडरसीप कन्क्लेभ नेपाल २०२५’ मा दुई प्रतिष्ठित विधाबाट सम्मानित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । भिसा इन्टरनेशनलद्वारा आयोजित ‘लिडरशिप कन्क्लेभ नेपाल २०२५’सम्मेलनमा कुमारी बैंक लिमिटेडलाई ‘Excellence in Cross–Border Business’ तथा ‘Excellence in Consumer Credit Cards Business Principal Client’ अवार्डहरुले सुसम्मानित गरिएको छ ।

यो सम्मान कुमारी बैंकको अन्तर्राष्ट्रिय व्यापार तथा क्रेडिट कार्ड व्यापारमा देखाइएको उत्कृष्टताको लागि प्रदान गरिएको हो । आफ्नो स्थापनाकाल देखि नै बैंकिङ्ग सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्ट सेवा प्रदान गर्दै विभिन्न अवार्डहरु प्रप्त गर्दै आएको यस बैंकले आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

Crest

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आधुनिक डिजिटल प्रणालीबाट उत्कृष्टि सेवा प्रदान गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS