IME Life New

केटिएम हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । केटिएम हस्पिटालिटी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । केटिएम गु्रप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२,५०,००,००० रकम बराबरले हुन आउने १ सय रुपैयाँ अंकित दरले १२,५०,००० कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गरेको हो ।

सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको
छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड को मुख्य कार्यालय, काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थितिमा हस्ताक्षरित सो सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।

Crest

केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारी मा रहेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS