IME Life New

जेनजी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । गोल्याण ग्रुपले विश्व बाल दिवसको अवसरमा जेनजी सहिद परिवारका बालबालिकाका लागि ‘किड्स प्ले–डेट’ कार्यक्रम सम्पन्न गरेको छ । धुम्बाराहीको ऊप्स नेपाल फनपार्कमा आयोजित कार्यक्रममा सहिद परिवारका बालबालिका र उनीहरुका अभिभावक सहभागी थिए ।

गोल्याण ग्रुपले गत असोज २४ मा सहिद परिवारका बालबालिकाका लागि शैक्षिक वृत्ति योजना घोषणा गरेको थियो । योजना अन्तर्गत हालसम्म २७ जना बालबालिकालाई १२ कक्षासम्मको शैक्षिक खर्च व्यहोर्नका लागि अभिभावकसँग समझदारी गरिएको छ ।

Crest

बिहीबारको कार्यक्रममा शैक्षिक वृत्ति योजनामा सामेल काठमाडौंमा रहेका सहिद परिवारका बालबालिका तथा अभिभावक सहभागी थिए । बालबालिकाहरुले ऊप्सको फनपार्कमा विभिन्न मनोरन्जनात्मक तथा बौद्धिक गेम खेलेर आनन्द लिएका थिए ।

कार्यक्रममा गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले ‘नयाँ परिवार’ का सदस्यबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले जमघट आयोजना गरिएको बताए ।

‘हाम्रो नयाँ परिवार साझा प्रतिवद्धता र उद्देश्यले एकतावद्ध भएको हो,’ उनले भने, ‘यस्तो परिवार, जहाँ प्रत्येक बालबालिकाको अधिकारको सम्मान, उनीहरुको कदर र संरक्षण गरिन्छ ।’ बालबालिकाको हित र विकासमा मात्र देशको समृद्धि संभव हुने भएकाले उनीहरुको स्वतन्त्रता, खुसी र अवसरको अधिकार सुनिश्चित गर्नुपर्ने उनले बताए ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेले विश्व बाल दिवसको अवसर पारेर बालबालिकाहरुको अधिकारको सम्मान र संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका बालबालिकाको लागि कक्षा १२ सम्म शैक्षिक वृत्ति प्रदान गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा अभिभावकसँग समझदारीपत्रमा हस्ताक्षर भई दोस्रो चरणमा विद्यालय, अभिभावक र गोल्याण ग्रुपबीच त्रिपक्षीय सम्झौता गर्ने प्रक्रिया सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS