IME Life New

मुख्य सूचकहरुमा महुली लघुवित्तको छलाङ, नाफा र ईपीएसमा उछाल

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु वर्ष पहिलो ३ महिनामा संस्थाले ३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ४४ लाख ९८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ७५७८.६२ प्रतिशतको बढोत्तरी भएको छ।

Crest

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि ७५७१.८१ प्रतिशतले बढेर ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो मुनाफा ६४ लाख २६ हजार रुपैयाँमा सीमित थियो।

चालु वर्षको असोजसम्म संस्थाको खुद ब्याज आम्दानी ११ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद ब्याज आम्दानी ८ करोड ४४ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा ३१.९१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ। प्रथम त्रैमाससम्म संस्थाको लाभांश वितरण गर्ने क्षमता ३७.४१ प्रतिशत देखिएको छ।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.९५ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल ४.८३ प्रतिशत थियो।

चुक्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको समीक्षा अवधिमा रिटेन्ड अर्निङमा १३ करोड ८३ लाख रुपैयाँ र रिजर्भमा ३१ करोड ८८ लाख रुपैयाँ छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा १२ करोड ४१ लाख रुपैयाँ र रिजर्भमा २९ करोड ८९ लाख रुपैयाँ थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ।

समीक्षा वर्षसम्म संस्थाले ३ अर्ब ४ करोड ९७ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म संस्थाले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

अघिल्लो वर्षको तुलनामा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ०.५६ रुपैयाँबाट बढेर ३७.२८ रुपैयाँ कायम भएको छ। पीई रेसियो ३४.१७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २२३.६० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS