IME Life New

कामना सेवा विकास बैंकद्वारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका दृष्टीविहीनहरुलाई वित्तीय साक्षरता प्रदान गरेको छ । बैंकका ब्राण्डीङ तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोवार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा ४० जना भन्दा बढि दृष्टीविहीनहरुको उपस्थिती रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमको समापनमा बोल्दै दृष्टीविहीन कृष्ण खत्री अविरलले वित्तीय साक्षरता समयमै नपाउँदा आफुले बैंक मार्फत् कारोवार नगरेको, आफुले कमाएको, बचाएको पैसा साथीहरुलाई राख्न दिनुपरेको र उक्त पैसाको जतन हुने नहुने कुरामा समेत आफू विश्वस्त हुन नसकेको बताएका थिए ।

Crest

दृष्टीविहीनहरुले पनि अन्य व्यक्तिहरुले सरह अब बैंकमा खाता खोलेर कारोवार गर्न मिल्ने भए पछि अब देखी आफ्ना वित्तीय कारोवारहरु बैंक मार्फत् मात्र गर्ने बताए । सोही कार्यक्रममा बोल्दै दृष्टीविहिन बिक्रम पथरियाले वित्तीय साक्षरता कार्यक्रम पश्चात आफुलाई सानो बचतले भविष्यमा ठुलो काम गर्न सकिने आशा पलाएको बताए ।

सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका सौगात वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले अन्य व्यक्तिहरुलाई जस्तै मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे । वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।

कामना सेवा विकास बैंकले दृष्टीविहीनहरुलाई लक्षित गरेर स्वाभिमान बचत खाता संचालनमा ल्याईरहेको छ । उक्त खाता खोलेका दृष्टीविहीनहरुले अन्य व्यक्तिहरुले सरह मोबाईल बैंकिङ, एटिएम कार्ड लगायतका सुविधाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नको लागि दृष्टीविहीन भएकै कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कोही साक्षी आवश्यक नपर्ने र खाता संचालन सम्बन्धी शर्तहरु ब्रेल लिपीमा समेत उपलब्ध गराउने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS