IME Life New

कलश स्टक मार्केटद्वारा १० दिने निःशुल्क शेयर शिक्षा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपालको धितोपत्र बजारमा विगत ३ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठित धितोपत्र व्यवसायी कम्पनी कलश स्टक मार्केट (ब्रोकर नं ७४) द्वारा आयोजित १० दिने विस्तृत “फन्डामेन्टल तथा टेक्निकल” अनलाइन शेयर शिक्षा/तालिम भव्य रूपमा सम्पन्न गरेको छ । भाद्र १२ गतेदेखि २१ गते सम्म साँझ ८ बजेदेखि ९ः३० सम्म अनलाइन जुम मार्फत कार्यक्रम सञ्चालन भएको थियो ।

बढ्दो सेयर बजारप्रति सर्वसाधारणको चासोलाई मध्यनजर गर्दै कम्पनीले पूर्ण रूपमा निःशुल्क उक्त कार्यक्रम सञ्चालन गरेको थियो । सो तालिममा स्वदेश तथा विदेशबाट समेत लगानीकर्ताहरूको अभूतपूर्व सहभागिता रहेको थियो । जुम प्रविधिमार्फत प्रत्यक्ष सञ्चालन गरिएको तालिममा दैनिक ९०० भन्दा बढीको संख्यामा उपस्थिति रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रम अवधिभर प्रशिक्षक रामहरी नेपालले सेयर बजारको आधारभूत पक्ष र प्राविधिक विश्लेषणका विविध आयामहरूलाई अत्यन्तै सरल र व्यावहारिक ढङ्गले प्रस्तुत गरेका थिए ।

तालिममा सेयर बजारमा भर्खरै प्रवेश गरेका देखि बजारमा लामो समय बिताइसकेका अनुभवी लगानीकर्ताहरूको समेत उत्साहजनक उपस्थिति थियो ।

सो कार्यक्रमको सहजीकरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत शालिकराम अधिकारीले गरेका थिए । “ग्राहकहरूको सन्तुष्टि र उनीहरूलाई सही मार्गदर्शन प्रदान गर्नु नै हाम्रो मुख्य सम्पत्ति उनले भने, आगामी दिनमा पनि लगानीकर्ताको हित र साक्षरताका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ ।”

बुद्धनगर–काठमाडौंमा रहेको मुख्य कार्यालय र बुटवलमा रहेको शाखा कार्यालयबाट समेत मार्जिन टे«डिङ सुविधा उपलब्ध गराएकोछ । अनलाईन मार्फत डिम्याट तथा टिएमएस खाता खोल्न सकिने सुविधा समेत उपलब्ध गराएको छ । कम्पनीले ग्राहकको चाहनाहरुलाई उच्च प्राथमिकतामा राखि प्रविधिमैत्री सेवामा जोड दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS