काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ३९ हजार कित्ता बढी शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख ३९ हजार ९८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद निवेदन दिन सक्नेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिन बैंकले आग्रह गरेको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको बालुवाटरस्थित बैंकको केन्द्रीय कार्यालयमा गएर शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।