काठमाडौं । झापा इनर्जीको आइपीओ आज बुधबार बाँडफाँट गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि गते भदौ २० गतेदेखि आइपीओ निष्काशन गरेको हो। कम्पनीको आइपीओमा भदौ ३० गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
कम्पनीले सामूहिक लगानी कोषका लागि १०० रुपैयाँ अंकित दरका २८ हजार ५१४ कित्ता र कर्मचारीका लागि ११ हजार ४०६ कित्ता छुट्याएको छ। बाँकी ४ लाख ७३ हजार ३३६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने गरेको थियो। क्यापिटलका अनुसार यो आइपीओमा अन्तिम दिनसम्म १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता शेयर माग भएको थियो। जसमा १८ लाख ३३ हजार ७३८ आवेदकबाट माग भएको १ करोड ९९ लाख ५४ हजार ८३० कित्ता शेयर सदर भएको छ भने बाँकी ३४ हजार ४०३ आवेदकबाट माग भएको ३ लाख ९६ हजार ८४० कित्ता शेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो। जसमा भाग्यमानी ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। तिनै भाग्यमानीमध्ये ६ जनाले थप १–१ कित्ता शेयर पाएका छन्।
यो आइपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक गरेको छ। लगानीकर्ताले आइपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलका साथै सीडीएससीको मेरो शेयर र ष्उयचभकगति।अमकअ।अयm।लउ मा गएर हेर्न सक्नेछन्।

















