काठमाडौं । जस्मिन पेन्ट्सले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यो कम्पनीले नेपाल धितोपत्र बोर्डसँग आइपीओ ल्याउन अनुमति माग गर्दै निवेदन दिएको हो।
धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १० करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता साधारण शेयर जारी गर्नेछ।
जस्मिन पेन्ट्सको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

















