IME Life New

जापानको सामाजिक संस्थाले नेपालका विद्यार्थीमाझ बीमा जागरण अभियान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमाको सचेतना र लाभ प्रवर्द्धनको क्षेत्रमा कार्यरत सामाजिक संस्था, फालियाले नेपालमा स्कुले विद्यार्थीमाझ बीमा जागरणका लागि अभियान सञ्चालन गर्ने भएको छ। जीवन बीमक संघ नेपालसँगको साझेदारीमा फालियाले नेपालको विद्यालयहरूमा बीमा सम्बन्धी निबन्ध प्रतियोगिता आयोजना गर्ने सहमति भएको छ।

जीवन बीमक संघका अनुसार, प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थी र तिनको शिक्षकलाई ४ दिनका लागि जापानको शिक्षण संस्थाहरूमा भ्रमणको अवसर प्रदान गरिनेछ। यसबाहेक विद्यार्थीहरूलाइ नगद पुरस्कार समेत प्रदान गर्ने योजना रहेको छ।

Esewa
Crest

प्रतियोगिता आयोजनाको विधि, पुरस्कार राशी, सहभागी संख्या, प्रतियोगितामा सहभागि गराइने भूगोल र विद्यार्थी संख्या लगायतका विषयमा जीवन बीमक संघले फालियासँगको परामर्शमा निर्णय गर्न बाँकी रहेको छ। संघका अनुसार सन् २०२५ भित्रै यो कार्यक्रम सम्पन्न गरि सक्ने लक्ष्य रहेको छ।

फालियाले यसअघि २०२३ को अप्रिलमा जीवन बीमक संघ नेपालसँगको सहकार्यमा काठमाडाैंमा जीवन बीमकको उच्च व्यवस्थापकीय स्तरिय सम्मेलनको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS