IME Life New
GBIME

विभिन्न कार्यक्रम गरी जनउत्थान सामुदायिक लघुवित्तले मनायो १५औँ वार्षिकोत्सव

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा चैत २७ गते संस्था स्थापनाको १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५औं वार्षिकोत्सव समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मान बहादुर वीकेको अध्यक्षतामा एसियन पार्टी प्यालेस, बुटवल, रुपन्देहीमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै वित्तीय संस्थाका अध्यक्ष डा. मान बहादुर विश्वकर्माले १५औं वर्ष सम्मको निरन्तर यात्रामा सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकाय, सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी महानुभाव, शुभेच्छुक, कर्मचारी, व्यवसायिक साझेदार संस्थाहरु, संस्थामा आवद्ध सम्पूर्ण बैंकिङ्ग समुदाय सदस्यहरु ले यस संस्था प्रति दर्शाएको अटुट विश्वास तथा सद्भाव प्रति हार्दिक धन्यवाद सहित आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत लक्षित उद्देश्य प्रति दृढ रही अझ सुदृढ, सरल र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Crest

उक्त कार्यक्रममा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र लुम्बिनी वाणिज्य क्याम्पस बुटवल बीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको लघुवित्त, सामुदायिक वित्त, उद्यमशीलता, हरित विकासको क्षेत्रमा करियर निर्माण गर्ने तथा ती क्षेत्रहरूको प्रवद्र्धनका लागि प्लेटफर्म सिर्जना गर्र्ने गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यायन गरेकालाइ रोजगारको अवसर , क्याम्पसका विद्यार्थीलाई लघुबित्त मार्फत उद्यमशिलता, बित्तिय शाक्षरता सहकार्य गर्ने गरि सम्झौता समेत भएको छ। लुम्बिनी बाणिज्य क्याम्पस बुटवल प्रमुख डा तारा प्रसाद उपाध्यायले लघुबित्तले एकदमै महत्वपूर्ण कार्य गरेको जानकारी प्राप्त भएको बताउदै सहकार्य सम्झौता भएकोले उद्देश्य पूरा हुने बताए। उनले सीप र प्रविधि बिनाको ज्ञानको उपलब्धी नहुने बताउदै यसतर्फ ध्यान दिन आग्रह गरे। सयुक्त बचत केन्द्र बुटवल ११ समुह उपप्रमुख अनिता विश्वकर्माले लघुवित्तले बिनाधितो र सामान्य ब्याजमा ऋण पाएकोमा खुसी लागेको बताईन। उनले यताबाट लगेको रकमले उद्यमी बन्नको लागि काम भईरहेको बताईन। कार्यक्रममा अध्यक्ष बिक र प्रशिक्षक यज्ञ बिक्रम शाहीले प्रशिक्षण समेत प्रदान गरेका छन। संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले संस्थाले सेवाग्राही सदस्यहरुको लागि प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पारेका थिए ।

पूर्व अध्यक्ष बाबुराम विश्वकर्माले लघुबित्तबाट ऋण लिएको रकम उत्पादनमूलक क्षेत्रमा मात्रै लगाउन सुझाए। उनले ऋण तिर्नु पर्दैन भन्ने हल्लाको भरमा नलागी स्वावलम्बी बन्न आग्रह गरे।

१५औं वार्षिकोत्सवको सन्दर्भमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु संस्थामा आवद्ध सदस्यहरुको लागि बिउ विजन वितरण गर्ने,रक्तदान कार्र्यक्रम,सरसफाइ तथा डस्टविन वितरण कार्यक्रम, खाद्यन्न वितरण, मन्दिरमा डष्टविन वितरण, फोहर व्यवस्थापनका लागी डस्बिन वितरण, खेलकुद सामग्री वितरण, मन्दिर परिसर सरसफाई तथा गोडमेल कार्यक्रम, ग्राहकहरु संग अन्तरक्रिया कार्यक्रम, सुस्त मनस्थितीहरुको लागि राहत सामाग्री वितरण, गरिव तथा जेहन्दार विद्यार्थीहरुको लागि झोला तथा स्टेशनरी सामग्री वितरण, चटाइ तथा शैक्षिक सामाग्री वितरण, मानव सेवा आश्रममा पंखा तथा झुल बितरण, मन्दिरलाई कुर्सी वितरण, ठोरी बजार व्यवस्थापनका लागि डस्टविन वितरण, चेपाङ्ग समुदायका बालबालिकाका लागि शैक्षिक सामाग्री वितरण कार्यक्रम लगायतका कार्यक्रमहरु गर्नुका साथै सम्पूर्ण शाखा कार्यालयहरुबाट सृर्जनात्मक कार्यहरु गरी मनाएको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायले गराए ।

वित्तीय संस्थाले आफ्नो १५औं वर्ष सम्मको यात्रामा पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ५९,९८३ जना सेवाग्राहीलाई सेवा प्रवाह गर्नुका साथै समुह सदस्यको मागमा आधारित विभिन्न सीप मूलक तालीमहरु, वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त जनउत्थानका १९ जिल्लामा कार्यक्षेत्र रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS