IME Life New

इन्स्टाग्रामले रिल्सका लागि छुट्टै एप ल्याउने, कारण टिकटक नै हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्टाग्रामले सर्ट भिडियो फिचर रिल्सलाई छुट्टै एपका रुपमा लन्च गर्ने तयारी गरिरहेको छ। अमेरिकामा चिनियाँ सर्ट भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता बढ्दै गएको देखेर इन्स्टाग्रामले यस्तो तयारी गरेको हो।

प्रविधि क्षेत्रसँग सम्बन्धित प्रकाशन ‘द इन्फर्मेसन’का अनुसार इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले यसै साता कर्मचारीहरुलाई यसबारे जानकारी गराएका छन् । तर, इन्स्टाग्रामको मूल कम्पनी मेटाले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

Esewa
Crest

यस वर्षको जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई स्थानीय कानुनको पालना गर्न ७५ दिनको समय दिएका थिए। यो कानुन पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले बनाएको हो।

उक्त कानुनअनुसार टिकटकले अमेरिकी कानुनको पालना नगरेमा स्थानीय कम्पनीलाई बेच्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS