काठमाडौं । सञ्चारिक समूहको नवनिर्वाचित कार्यसमितिलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
मुलुकको ऊर्जा क्षेत्रको विकासमा पत्रकारीताको महत्वपूर्ण योगदान रहेको र त्यसमा पनि महिला पत्रकारहरुको इमान्दार प्रयास रहेको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले इप्पान जस्ता संस्थाले पत्रकारहरुको क्षमता विकासमा सहयोग गरे ऊर्जा मार्फत समग्र देशको विकास सम्भव हुने बताइन् ।
बधाई कार्यक्रममा इप्पानबाट अध्यक्ष कार्कीसहित वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी, महासचिव बलराम खतिवडा, सचिव भरत नेपाल, कार्यसमिति सदस्य मिथुन पौडेल र प्रमुख कार्यकारी अधिकृत भीम गौतम सहभागी थिए ।
सञ्चारिका समूहको तर्फबाट अध्यक्ष कमला पन्थी, महासचिव राधा खनाल, कार्यसमिति सदस्य कल्पना शर्मा, कालिका शिवाकोटी, सम्झना वन, राधा पौड्याल, तारा चापागाईं, देवी सापकोटा लगायत सहभागी थिए ।

















