काठमाडौं । आज नेप्से परिसूचक ३० दशमलव ७५ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ । आज २०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज पाँच कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ । आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।


















