काठमाडौं । आज नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २,५८५ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३२ प्रतिशतका दरले कमाएका हुन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् । हिम स्टार ऊर्जाका लगानीकर्ताले ४ दशमलव १९ प्रतिशतका दरले कमाएका छन् ।



















