काठमाडौं । आज नेप्से परिसूचक ६ दशमलव ७४ अंकले बढेर २,६०१ को विन्दुमा कायम भएको छ । आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एसवाई प्यानलका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । श्वत गंगाका लगानीकर्ताले ८ दशमलव ७९ प्रतिशतका दरले कमाएका हुन् ।


















